समाज

निर्माणाधीन घरको भर्‍याङबाट लडेर मृत्यु

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थली रमाइलो चोकमा बस्ने राजु श्रेष्ठको चारतले निर्माणाधीन घरमा काम गर्ने र रेखदेख गर्न भनी बसेको परिवारमध्ये लडेर एकजनाको मृत्यु भएको छ। घरको छतमा सुत्न जाने क्रममा रेलिङ नभएको भर्‍याङबाट लडेर खस्दा ३० वर्षीया लीला सदाको घटनास्थलमा मृत्यु भएको हो।  

सिन्धुली दुधौली घर भएका रामकुमार सदा, श्रीमती र छोरी तीन जनाको परिवार निर्माणाधीन घरमा काम गर्न बसेकामा राति १० बजे खाना खाएर लक्ष्मी छतमा सुत्न जाँदा घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।  

महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले घटनास्थल शव जाँच प्रकृति मुचुल्कापछि परीक्षणका लागि आज केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाइएको प्रहरी परिसरले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित: २० असार २०७८ १०:२९ आइतबार

प्रदेशसभाको बैठक