समाज

बैतडीमा जिप दुर्घटना: ३ जनाको मृत्यु, ११ जना घाइते

बैतडीको सिगासमा जिप दुर्घटना हुँदा  ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। सिगास गाउँपालिका–३ का ४५  वर्षीय मानसिंह साउँद र सोही ठाउँका ६४ वर्षीय रामसिंह धामी र का ४५ वर्षीय जयसिंह धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सिगास गाउँपालिका–३ बाट डडेल्धुरा तर्फ गइरहेको से१ज ७३९ नम्बरको जिप लगन भन्ने स्थानमा आइतबार बिहान ९ बजेर ४० मिनेटमा दुर्घटनामा परेको हो। घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । सिगास गाउँपालिका ३ का १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण बोहरा र ४० वर्षीया गोमती साउँदको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।

यस्तै सिगास गाउँपालिका–३ कै २९ वर्षीय करनसिंह धामी, ४५ वर्षीय दलबीर साउँद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीया वासमती धामी, २० वर्षीय राजेन्द्र धामी, ४७ वर्षीय कृष्ण धामी, ४० वर्षीय शेरबहादुर धामी र २० वर्षीय रविन्द्र धामी समान्य घाइते रहेका छन्।

जिप चालक १९ वर्षीय खगेन्द्र साउँद र जिप साहु ४४ वर्षीय हरिभान साउँद भने फरार रहेका प्रहरीले जनाएको छ। जिपमा १६ जना सवार रहेका बताइएको छ। जिप सडकबाट करिब ५० मिटर तल खसेको जनाइएको छ। घाइतेहरुलाई अस्पताल पठाउने प्रयास भइरहेको  प्रहरीले जनाएको छ।

प्रकाशित: २० असार २०७८ ०७:३६ आइतबार

बैतडीमा जिप दुर्घटना ३ जनाको मृत्यु