समाज

गोरखाको सिरानचोकमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–७ गोहोरेमा पहिरोले घर पुरिँदा वृद्ध दम्पत्तिको मृत्यु भएको छ । गएरातिको पहिरोले पुरिएर ८६ वर्षीय दामोदर पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको वडा अध्यक्ष सुरज ढकालले बताए ।  

झन्डै एक सय मिटर माथिबाट पहिरो खस्दा घर पुरिएर थिचिँदा उनीहरुको मृत्यु भएको ढकालले बताए । भूकम्पपछि पुनर्निर्माण गरिएको घरमा सुतिरहेका दम्पतीलाई पुरेको उनले बताए । ‘सुतिरहेको अवस्थामा उनीहरुको शव भेटिएको छ’ वडा अध्यक्ष ढकालले भने ‘बिहानमात्रै खबर भएपछि हामीले खोजी गरेका हौं ।’

स्थानीय र प्रहरीको सक्रियतामा बिहान मात्रै शव निकालिएको थियो । घरमा वृद्ध दम्पत्ति मात्रै बस्दै आएका थिए । भूकम्पपछि निर्माण गरिएको ढुङ्गामाटोको घरसँगै रहेको पुरानो घरमा पनि पहिरोले क्षती पुर्‍याएको छ ।  

प्रकाशित: १९ असार २०७८ ०४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App