समाज

अपांग र विपन्नलाई सहयोग

कोभिड–१९ का कारण जारी निषेधाज्ञा तथा गरिबीका कारण दुःख पाइरहेका करिब १ सय परिवारलाई चामल, नुनलगायत खाद्यान्न सहयोग गरिएको छ। मिराई ग्लोबल एजुकेसन एन्ड भिसा सर्भिस नेपालको सहयोगमा स्थानीय समाजसेवी युवा अनिल बानियाँले सो सहयोग उपलब्ध गराएका हुन्।  

सहयोग पाउनेमा २५ जना अपांगता भएका व्यक्ति रहेका अनिलले जानकारी दिए। सहयोग पाउनेमा अधिकांश खत्याड गाउँपालिकाका रहेका छन्। पछिल्लो पटक वडा नम्बर ८ स्थित नुवाखेत र ठाम्लेकमा राहत बाँडिएको अनिलले जानकारी दिए। उनले भने, ‘बाटो धेरै खराब भएकाले ५ घण्टा हिँडेरसमेत राहत बाँड्यौं। सँगै औषधि र मास्क पनि वितरण गरेका छौं।’ यस्तो सहयोग उमेश खड्का र दीपक सिग्देलका कारण सम्भव भएको पनि उनले बताए।

दुःख पाएकाहरूबाट थप माग आइरहेकाले अझै आफू त्यस्ता परिवारलाई खाद्यान्न र औषधि वितरण गर्न सहयोग जुटाउने क्रममा रहेको उनले बताए।

प्रकाशित: १९ असार २०७८ ०३:१९ शनिबार

कोभिड–१९