समाज

चितुवाको छालासहित दुई पक्राउ

प्रहरीले बरामद गरेको चितुवाको छाला । तस्बिर : नागरिक

चितुवाको छालासहित दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ। अछाम मेललेख गाउँपालिका वडा नम्बर ३ दर्पा निवासी २७ वर्षीय डम्बर बुढा र रामारोशन गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय नन्दु बुढालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।  

बाँकेकाे बैजनाथ गाउँपालिका वडा नम्बर ४ तिलकपुरबाट विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए। पक्राउ परेका ब्यक्तिको साथबाट चितुवाको छाला दुई थान बरामद गरिएको उनले बताए।  

पक्राउ परेका अभियुक्तलाई निकुञ्ज ऐन अनुसार कानुनी कारबाही हुने डिएसपी न्यौपानेले बताए। ‘आवश्यक कारबाहीका लागि डिभिजन निकुञ्ज कार्यालयको जिम्मा लगाइएको छ, अभियुक्तलाई निकुञ्ज ऐन अनुसार नै कारबाही हुन्छ,’ उनले भने।

प्रकाशित: १७ असार २०७८ १२:०६ बिहीबार

चितुवाको छाला