समाज

बाढीले छाब्दीखोला पुल बगायो, छिर्कनेमा घर पुरियो

फाइल तस्बिर

अविरल वर्षासँगै आएको बाढीले व्यास–१ र १३ जोड्ने छाब्दीखोलाको पुल बगाएको छ। बुद्धसिं मार्गअन्तरगत बेलबासनजिक रहेको पुल आज बिहान बाढीले बगाएको हो।  

मङ्गलबारदेखि जिल्लामा निरन्तर वर्षा भइरहेको छ। पुल बगाएसँगै स्थानीयवासीलाई वारपार गर्न समस्या भएको स्थानीयवासी अमर भण्डारीले जानकारी दिए।  

अविरल वर्षासँगै आएको पहिरोले आज बिहान व्यास नगरपालिका–१२ छिर्कनेमा एक घर पुरिएको छ। बिहान ३ बजे आएको पहिरोले घर पुरिएको हो।  

घर पुरिए पनि मानवीय क्षति भने नभएको स्थानीयवासीले बताएका छन्। घरमा रहेका पाँच जनाले भागेर ज्यान जोगाएका छन्। 

प्रकाशित: १७ असार २०७८ ०४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App