समाज

मर्स्याङदी नदीले सतर्कता तह पार गर्‍यो

अविरल वर्षाका कारण तनहुँको बन्दीपुरस्थित विमलनगरमा मर्स्याङदी नदीले जलसतह सतर्कता पार गरेको छ। मङ्गलबारदेखि परेको वर्षाका कारण आज मर्स्याङदी नदीले जलसतह सतर्कता पार गरेको हो।  

पछिल्लो छ घण्टा भारी वर्षा भएकाले नदी तटीय क्षेत्र तथा होचा स्थानमा डुबान हुनसक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । लमजुङको घरेढुङ्गा, राइनसटारलगायतका ठाउँमा पनि नदीले जलसतह सतर्कता पार गरेको छ। 

प्रकाशित: १७ असार २०७८ ०४:३७ बिहीबार

मर्स्याङदी नदी सतर्कता तह पार गर्‍यो