समाज

खोलाले बगाएर रौतहटमा एक युवकको मृत्यु

रौतहटमा एक युवकलाई खोलाले बगाउँदा मृत्यु भएको छ। रौतहटको बकैया नदीमा आएको बाढीले बगाएर गौर नगरपालिका वडा नम्बर ४ टिकुलियाका २५ वर्षका युवकलाई बगाएको हो।

बकैया नदीभन्दा पारिपट्टी रहेको आफ्नो खेतमा रोपाइँको लागि जाने क्रममा खोला पार गर्न खोज्दा स्थानीय ढेडा चनौका २५ वर्षीय छोरा प्रमोद चनौलाई बाढीको भेलले बगाएर लगेको हो।

मृतक चनौको शवलाई स्थानीयको सहयोगमा प्रहरीले डुंगाको सहायताले खोलाबाट बाहिर निकालेको छ। घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। आगामी दुई दिनसम्म रौतहटमा पनि ठूलो पानी पर्ने सम्भावना रहेकोले जिल्ला प्रशासन कायाृलय रौतहटले सबैलाई सतर्क रहन सचेत गराएको छ।

प्रकाशित: १६ असार २०७८ १३:४४ बुधबार

बकैया नदी नदीमा बाढी