समाज

हत्या आरोपमा आमा र छोरा पक्राउ

हत्या गरेको आरोपमा आमा र छोरालाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ। मधुवन नगरपालिका–४ बादरभरिया बस्ने ३८ वर्षीय लक्षिराम थारुको कुटपिटबाट मृत्यु भएको हो। 

मृतक थारुले रक्सी सेवन गर्न एक सय रुपैयाँ माग्दा झगडा भएको थियो। झगडा हुँदा आमा र छोराले कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका थारुको उपचारको क्रममा जिल्ला अस्पताल गुलरियामा मृत्यु भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

कुटपिट गर्ने मृतककी श्रीमती ३८ वर्षीया सिता थारु र छोरा १८ वर्षीय आकास थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

प्रहरीले आमा र छोरालाई मंगलबार जिल्ला अदालतमा उपस्थित गराई पाँच दिन म्याद थप गरी कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धान गरिरहेको उपरीक्षक कार्कीले बताए।

प्रकाशित: १५ असार २०७८ १४:३६ मंगलबार

हत्या आरोपी