समाज

डिआइजी थापालाई एआइजी बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुलबहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले डिआइजी थापालाई एआइजीका लागि सिफारिस गरेको हो। समितिले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधानअुसार थापालाई बढुवा सिफारिस गरेको हो।

बढुवा समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रहरी महानिरीक्षक सदस्य सचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने व्यवस्था रहेको छ। बढुवा सिफारिस गरिएका थापा हाल नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय निर्देशनालय, नक्सालमा कार्यरत छन्। एआइजीमा सिफारिस गरिएका थापा भक्तपुर निवासी हुन्।

प्रकाशित: १५ असार २०७८ १०:४९ मंगलबार