समाज

१२ वर्षीया बालिकामाथि बलात्कार

भक्तपुर प्रहरीले १२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ गरेको छ। आइतबार दिउँसो ३ बजे भक्तपुर नगरपालिका वडा नं. ९ कमलबिनायकस्थित डेरा कोठामा बसिरहेको अवस्थामा बलात्कार गरेको आरोपमा वर्ष ३२ का बसन्त दमाईलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।  

दोलखा बैतेश्वर गाउँपालिका वडा नं. ४ स्थायी घर भई हाल भक्तपुर नगरपालिका वडा नं. ९ चोखा बस्ने दमाईले घरमा कोही नभएको मौका पारी पीडित १२ वर्षीया बालिकालाई ललाईफकाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरेको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए। 

पीडितकी आमाले आइतबार साँझ महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा किटानी जाहेरी दरखास्त दिएको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउपछि दमाईलाई कानून बमोजिम पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

प्रकाशित: १४ असार २०७८ १०:३७ सोमबार

बलात्कार