समाज

पाँच महिनाअघि सेवाग्राहीसँग घूसः ५ महिनापछि पुष्टि, प्रहरी जवान पक्राउ

६० हजार नगद घूससहित एक प्रहरी जवान पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको ईलाका प्रहरी कार्यालय सितागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादवलाई सेवाग्राहीसँग घूससहित पक्राउ गरेको हो।  

आयोगको कार्यालय इटहरीबाट खटेर गएको टोलीले प्रहरी जवान यादवलाई घूस रकमसहित २०७७ फागुन २६ गते नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा ईलाका प्रहरी कार्यालय सितागञ्जमा कार्यरत प्रहरी जवान यादवले हिरासतमा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनी सेवाग्राहीसँग ६० हजार रुपैयाँ घूस माग गरी लिएको पुष्टि हुन आएको अख्तियारले जनाएको छ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्य अन्तर्गत कारबाही हुने आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले बताए।

प्रकाशित: १३ असार २०७८ ०९:२५ आइतबार

सेवाग्राहीसँग घूस