समाज

इटहरीमा दुई महिनामा ५२ जना कोरोना संक्रमितको मृत्यु

दुई महिनाको अवधिमा इटहरीमा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। वैशाख र जेठ महिनामा कोरोना संक्रमितको मृत्यु बढेको हो। इटहरी उपमहानगरपालिकाका अुनसार यो अवधिमा एन्टिजेन र स्वाब परीक्षण गर्दा दुई हजार ६७२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।  

इटहरीले कोरोना भाइरसको दोस्रो लहरविरुद्ध लड्नका निम्ति दैनिक दुई सयसम्मको स्वाब परीक्षण कार्य नियमित भइरहेको छ। उपमहानगरपालिकाबाहेक उद्योग वाणिज्य संघको अगुवाईंमा इटहरी वडा नं. १० को आइसोलेसन एण्ड केयर सेन्टरबाट पनि दैनिक पिसिआरको लागि स्वाब संकलन हुने गरेको छ।  

कोरोना संक्रमितका लागि इटहरी उपमहानगरपालिकाले रंगशालामा ५० बेड क्षमताको अक्सिजन र चिकित्सक सेवा समेत उपलब्ध हुने गरी आइसोलेसन केन्द्र र ६ बेडको कोभिड अस्पताल सञ्चालन गरेको छ। नगरबासी हुँदा तत्काल सेवा उपलब्ध गराउने दुईवटा एम्बुलेन्स सेवा र मृत्यु भएकाहरुका लागि शवबहान सेवा समेत निःशुल्क उपलब्ध गराएको जनाएको छ। यस्तै, निज क्षेत्र उद्योग वाणिज्य संघको अगुवाईमा वडा नं. १० मा सञ्चालित आइसोलेसन एण्ड केयर सेन्टरमा अक्सिजन र चिकित्सक सेवा प्रदान गर्ने गरिएको छ।

प्रकाशित: ११ असार २०७८ १०:४७ शुक्रबार

कोरोना संक्रमित मृत्यु