समाज

कोरोना संक्रमणबाट ११ दिनकी सुत्केरीको निधन

पाँचथर– कोरोना संक्रमणका कारण पाँचथरको कुम्मायक गाँउपालीका–५ कि दश दिनकि सुत्केरी महिलाको निधन भएको छ । कोरोना संक्रमण भएपछि अस्थायी कोभिड अस्पतालमा पाँचथरमा उपचार हुन नसकेपछि उनलाई झापाको विर्ता सिटी अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

२५ बर्षिया उनी जेठ–२८ गते सुत्केरी भएकी थिइन् ।  सुत्केरी भएको केहि दिनमा अत्याधिक ज्वरो आएको थियो । ज्वरो आएपछि अस्थायी कोभिड अस्पताल फिदिममा ल्याएर  परिक्षण गर्दा कारोना पोजेटिभ देखिएको थियो । जेठ–४ गते कोभिड परिक्षण गरिएको थियो । दुई दिन पाँचथर अस्पतालमा उपचार गर्दा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि विर्तासिटि अस्पताल पठाइएको थियो । उपचारको क्रममा उनको मंगलावर विहान निधन भएको आफन्तले जानकारी दिएका छन् ।

उनको ११ दिनको छोरालाई पनि कोभिड पोजेटिभ देखिएको छ । यस्तै, श्रीमानलाई पनि पोजेटिभ भएको छ । नानी र श्रीमानको अवस्था भने सामान्य रहेको बताइएको छ ।  

जिल्ला प्रशासन कार्यालयले दिएको तथ्याङ्क अनुसार कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । तर बाहिर जिल्लामा पुगेर मृत्यु हुने जिल्लाबासिको संख्या भने २३ पुगेको छ । जिल्लामा हालसम्म १ हजार ९ सय ३४ जना कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमण विभिन्न गाँउमा फैलिने क्रम रोकिएको छैन।  

प्रकाशित: ८ असार २०७८ १३:५० मंगलबार