समाज

नेपाल प्रहरीको माथिल्लो दर्जाका १६ जना प्रहरी कर्मचारीको सरुवा

नेपाल प्रहरीको माथिल्लो दर्जाका १६ जना प्रहरी कर्मचारीको सरुवा भएको छ। गृहमन्त्री खगराज अधिकारीले सबै प्रदेश प्रहरी प्रमुखसहित १६ नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेका हुन्।  

सरुवापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा नेतृत्वको धिरजप्रताप सिंहलाई जिम्मेवारी दिइएको छ । सीआईबीमा रहेका डीआईजी सहकुलबहादुर थापा प्रदेश समन्वय निर्देशनालय सरुवा भएका छन्।  

अन्य डीआईजीहरु गणेशबहादुर ऐर कर्णाली,  बसन्तकुमार पन्त अख्तियार, पुरुषोत्तम कंडेल सुदुरपश्चिम, घनश्याम अर्याल विशेष ब्युरो, उत्तमराज सुवेदी रानीपोखरी, रविन्द्र धानुक कार्य एवं अपराध अनुसन्धान विभाग, प्रकाश अधिकारी मानवश्रोत एवं प्रशासन विभाग, बसन्तकुमार लामा महानिरीक्षकको सचिवालय, ईश्वरबाबु कार्की अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएका छन्।

प्रकाशित: ७ असार २०७८ १३:२३ सोमबार

नेपाल प्रहरी कर्मचारी सरुवा