समाज

जडिवुटी खोज्न गएका सिर्दिबासका एकजना पुरुष बेपत्ता

वन लसुन खोज्न गएका गोरखाको चमनुब्री गाउँपालिका–३ सिर्दिबासका २४ वर्षीय सुरेन्द्र गुरुङ बेपत्ता भएका छन्। गत जेठ २६ गते बारपाक सुलिकोट गाउँपालिका– १ र लमजुङको सिमानामा पर्ने बौद्ध हिमालको फेदीमा गुरुङ सहित पाँचजना वन लसुन खोज्न गएका थिए।  

आईतवार दिउँसो वन लसुन खोज्ने क्रममा उनी लडेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताए । भीरमा फसेका चुमनुब्री गाउँपालिका–३ का ३० वर्षिय सुवास गुरुङ, ५० वर्षका धनप्रसाद गुरुङ, ४२ वर्षका तुलबहादुर गुरुङ र १८ वर्षिय कान्छा गुरुङलाई हेलिकप्टरबाट उद्धार गरिएको छ। 

उनीहरुलाई उद्धार गरी धार्चे गाउँपालिका–४ लाप्राक स्थित आफन्तको घरमा पुर्‍याइएको डिएसपी दाहालले बताए।  बेपत्ता गुरुङको उद्धार र खोजीमा समस्या भएको र हेलिकप्टर परिचालन गरिएको प्रहरीले बताएको छ। 

प्रकाशित: ७ असार २०७८ १०:५६ सोमबार

गोरखा वन लसुन