समाज

पशुपति परिसरभित्र राम मन्दिर शिलान्यास

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले पशुपति परिसरभित्र रहेको राम मन्दिरको शिलान्यास गरेका छन्।  

शिलान्यासपछि मन्त्री अरगरियाले राम मन्दिरले धार्मिक पर्यटनमा थप टेवा पुग्ने भन्दै समयमै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन्। मन्दिर पुरातत्व विभागको मापदण्डअनुसार परम्परागत शैलीमा बन्ने जानकारी दिँदै मन्त्री अरगरियाले युनेस्कोको विश्व सम्पदा सूचीमा परेको सम्पदाको कुनै संरचनागत परिवर्तन नहुने बताए। साधुसन्तको सुरक्षालाई ख्याल गरेर निर्माण हुने र कसैलाई पनि अवहेलना र निकालिने वातावरण अन्त्य गरिने उनको भनाइ थियो।  

सात करोड लगानीमा आगामी साढे दुई वर्षभित्र सक्ने गरी राम मन्दिर निर्माण सुरू भएको पुशपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले बताए।

प्रकाशित: ७ असार २०७८ ०५:२८ सोमबार

पशुपति परिसर संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरिया