समाज

सेफ्टी ट्याङ्की भत्किएर दुईको मृत्यु

सङ्खुवासभा, खाँदबारी नगरपालिका–४ सेकाहामा सेफ्टी ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ। सेफ्टी ट्याङ्की भत्किएर खाँदबारी–४ सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो।  

गम्भीर घाइते गुरुङ र राईको जिल्ला अस्पताल सङ्खुवासभामा आइतबार साँझ साढे ७ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले बताए। घाइते दुवैलाई स्थानीयवासीले तत्कालै उद्धार गरेर जिल्ला अस्पताल ल्याएका थिए। रासस

प्रकाशित: ७ असार २०७८ ००:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App