सामाजिक अभियन्ता भनेर चिनिने ज्वाला संग्रौलासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर टेकुले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा अभियन्ताहरु ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा रहेको प्रहरीको भनाइ छ।
युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई हिरासतमा राखी अनुसन्धान थालिएको छ। प्रहरी परिसर टेकुका अनुसार उनीहरुलाई कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोगमा कारबाही हुने जनाइएको छ।
६ जनाविरुद्द जाहेरी दर्ता भएपनी अन्य तीन जना फरार रहेको परिसरका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए ।
गौशला प्रहरी वृत्तको हिरासतमा खुस्बुमाथि ज्वालाको समुहले जेठ १६ गते आक्रमण गरेको थियो। सो घटनापछि खुस्बुले जाहेरी दिएकी थिइन्। त्यतिबेलै प्रहरीले खुस्बु र ज्वालाको समूहलाई छलफलका लागि बोलाए पनि अटेर गरेपछि कारबाही थालिएको हो।
प्रकाशित: ६ असार २०७८ १४:११ आइतबार