समाज

उत्तरी धादिङमा पहिरो खस्दा दुई जना बेपत्ता

उत्तरी धादिङको रुविभ्याली गाउँपालिका वडा नं २ मा तिप्लिङको अता खोला नजिकै पहिरो खस्दा दुई जना बेपत्ता भएका छन् । धादिङबेसी–सांकोष–तिप्लिङ सडकखण्ड अन्तर्गत सेर्तुङ र तिप्लिङ गाउँको बीचको भीरमा सडकको ट्रयाक खोल्ने क्रममा माथिबाट पहिरो खस्दा शुक्रबार बेलुकी स्काभेटरसहित दुई जना बेपत्ता भएका हुन् ।  

रुविभ्याली गाउँपालिका वडा नं ५ लापाका २० वर्षीय जोजो तामाङ र सिन्धुपाल्चोकका २३ वर्षीय राजु पराजुली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । बेपत्ताहरुको खोज तथा उद्धारमा स्थानीय प्रहरी र स्रोत साधनले सम्भव नभएपछि हेलिकप्टर मार्फत खोज तथा उद्धारको व्यवस्थाका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ ।  

उत्तरी धादिङलाई सदरमुकामसम्म जोड्नका लागि सो क्षेत्रमा सडकको नयाँ ट्रयाक खन्ने काम भइरहेको छ । 

प्रकाशित: ५ असार २०७८ ०५:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App