समाज

बाढीपहिरो पीडितलाई १० लाख सहयोग

भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले बाढीपहिरोका कारण मानवीय र भौतिक क्षति भोगेका सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र लगायतका पीडितका लागि १० लाख रूपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।

भूपाल प्रज्ञापरिषद्का अध्यक्ष लोकमानसिंह कार्कीको अध्यक्षतामा आज बसेको परिषद्को बैठकले सो निर्णय गरेको हो। सो रकमबाट एभिन्युज टेलिभिजनमार्फत राहत प्रदान गरिनेसमेत भूपाल प्रज्ञापरिषद्ले निर्णय गरेको छ।

यसअघि भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले एभिन्युज टेलिभिजनमार्फत गत वर्षनै कोरोना सङ्क्रमणका पीडितका लागि पनि सातै प्रदेशमा खाद्यान्न, स्वास्थ्य सामाग्री र मास्क गरेर ३१ लाख ३० हजार रूपैयाँ प्रदान गरेको थियो।

 

प्रकाशित: ४ असार २०७८ १३:१६ शुक्रबार

बाढीपहिरो पीडित