समाज

१९ घन्टादेखि टापुमा फसेका ४ जनाको उद्दार

१९ घन्टादेखि राप्ति नदीबीचको टापुमा फसेका ४ जनाको उद्दार गरिएको छ।उनीहरुलाई सशस्त्र प्रहरी बलले बुधबार बिहान उद्दार गरेको हो।

दाङको लमही नगरपालिका वडा नं.७ हसनापुर र राजपुर गाउँपालिका वडा नं. २ बेलास्थित राप्ति नदीको बीच टापुमा मंगलबार दिउँसो २ बजेबाट फसेकाहरुको उद्दार गरिएको प्रहरीले जनाएको छ।

टापुको दुबैतिर राप्तिको नदी बग्ने र बीचमा रहेको टापुमा दिउँसो बस्तु चराउन पुगेका उनीहरु अबिरल बर्षासँगै आएको बाढीपछि करिब ५० वटा गार्इबस्तुसँगै अलपत्र परेका थिए।

उद्दार गरिएका व्यक्तिहरुमा लमही ७ बस्ने बर्ष ४८ को मन्सराम चौधरी, राजपुर २ बस्ने बर्ष ५० कि साबित्री यादब , सोही ठाउँ बस्ने बर्ष २६ को राधेश्याम यादब र राजपुर ३ बस्ने बर्ष २५ को गणेश यादब रहेका छन्।

प्रकाशित: २ असार २०७८ १२:४६ बुधबार

सशस्त्र प्रहरी बल राप्ति नदी