समाज

किशाेरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

१६ वर्षीया एक किशाेरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले २५ वर्षे एक युवकलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा ताप्लेजुङको मेरिङ्देन गाउँपालिका २ सान्थाक्रा बस्ने धनबहादुर ल्वोहार रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता/सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीका अनुसार ल्वोहार माथि गत जेठ १४ गते मेरिङ्देन गाउँपालिका वडा २ सान्थाक्राकी १४ वर्षीया किशाेरीलाई उनकै कोठामा जबरजस्ती करणी गरेको अभियोग गरेको छ।

घटनापछि फरार रहेका उनलाइ खोजतलास गर्ने क्रममा ल्वोहारलाइ पक्राउ गरेको समेत अधिकारीले जानकारी दिए। प्रहरी नियन्त्रणमा रहेका उनी माथि जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान प्रारम्भ गरिएको समेत जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता अधिकारीले बताए।

प्रकाशित: ३१ जेष्ठ २०७८ ०९:५१ सोमबार

बालिकालाई जबरजस्ती एकजना पक्राउ