समाज

उदयपुरमा कोरोनाः २२ थपिदा ८३ निको, १ काे मृत्यु

निको हुनेलाई बिदाई गर्दै चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राई। तस्बिरः महेश्वर

उदयपुरमा अघिल्लो आईतबार पनि कोभिड संक्रमितहरु निको हुने क्रम बढेको छ। पछिल्लो २४ घण्टामा २२ नयाँ संक्रमित थपिदा ८३ जना निको भएर घर फर्केका छन् भने एक ७४ वर्षीय वृद्धको उपचारको क्रममा आँखा अस्पताल गाईघाटको आईसोलेसन सेन्टरमा मृत्यु भएको छ।  

२४ घण्टाको अवधिमा त्रियुगाका १३ र कटारीका ९ गरी ८ महिलासहित २२ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय उदयपुरका अनुसार निको हुने ८३ मध्ये ३८ जना महिला रहेका छन्। अघिल्लो दिन १ सय ३७ जना संक्रमित निको भएका थिए भने ४५ नयाँ संक्रमित थपिएका थिए।

पछिल्लो २४ घण्टाको बिबरण अनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले ५ सय ११ मा झरेको छ। जसमा महिला २ सय ३५ छन्। अघिल्लो दिन सक्रिय संक्रमित २ सय ६६ महिलासहित ५ सय ७४ थिए। निको हुनेको संख्या हालसम्म जिल्लामा १ हजार १ सय ९५ पुगेको छ। जसमा महिला ५ सय ३४ जना छन्। अघिल्लो दिन निको हुनेको संख्या ४ सय ९६ महिलासहित १ हजार १ सय १२ थियो।  

अहिलेसम्म त्रियुगाका २ सय ४१ महिलासहति ५ सय ४८ जना निको भईसकेका छन् भने १ सय महिलासहित २ सय ३० जना उपचाररत छन्। त्यस्तै कटारीका ५७ महिलासहित १ सय २८ निको हुँदा १० महिलासहित ३३ उपचारमा छन्। बेलका नगरपालिकाका ७० महिलासहित १ सय ३९ जना निको भईसकेका छन् भने उपचारमा ४९ महिलासहित ९५ जना छन्। त्यस्तै चौदाण्डीगढी नगरपालिकाका ८७ महिलासहित १ सय ८४ जना निको हुँदा ४६ महिलासहित ८७ जना उपचारमा रहेको स्वास्थ्यले जनाएको छ।  

गाउँपालिकातर्फ २८ महिलासहित ८६ जना रौतामाईका संक्रमित निको भईसकेका छन् भने ६ महिलासहित ९ जना उपचारको क्रममा छन्। लिमचुङबुङका ३५ महिलासहित ६८ जना निको भईसक्दा १५ महिलासहित ३७ जनाको उपचार भईरहेको छ भने उदयपुरगढीका १३ महिलासहित ३५ जना निको हुँदा ७ महिलासहित १८ को उपचार भईरहेको छ। सबैभन्दा कम ताप्ली गाउँपालिकामा ३ महिलासहित १० जना निको हुँदा १४ जना संक्रमित रहेका छन्।  

स्वास्थ्य कार्यालयमा भने मृतकको संख्या १५ महिलासहित ४७ जना पुगेको जनाए पनि जिल्ला प्रहरी कार्यालय उदयपुरको अभिलेखमा भने मृतक संख्या ५० रहेको छ। उदयपुर घर भई अन्य जिल्लामा संक्रमित भई मृत्यु हुनेहरुसमेत गरी यो संख्या यकिन गरिएको प्रहरी प्रमुख एसपी भीम दाहालले बताएका छन्।

प्रकाशित: ३१ जेष्ठ २०७८ ०६:२७ सोमबार

उदयपुरमा कोरोना