समाज

बँदेल धपाउन खोज्दा करेन्ट लागेर मृत्यु

उदयपुरका एक किसानको बँदेललाई थापेको विद्युतीय पासोको करेन्ट लागेर मृत्यु भएको छ। मकै बारीमा पासो थाप्न जोडेको विद्युतीय तार छुन पुग्दा त्रियुगा नगरपालिका ९ राजाबासका जगदीश पोखरेलको बिहीबार विहान मृत्यु भएको हो ।  

बँदेलले मकै खाएर दुःख दिएपछि बुधबार साँझ मात्रै पोखरेलले बारीमा करेन्ट छाडेका थिए । राति जोडेको तार विहीबार विहान ५ बजे निकाल्ने क्रममा करेन्ट लागेर ५५ वर्षीय पोखरेल गम्भीर घाईते भएका थिए । 

उनलाई आफन्तले तत्काल उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल गाईघाट ल्याएकोमा उपचार हुँदाहुँदै साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।  मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमै प्रक्रिया अघि बढाइएकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

प्रकाशित: २७ जेष्ठ २०७८ ०६:४२ बिहीबार

करेन्ट लागेर मृत्यु