समाज

पानीमा डुबेर एक जनाको मृत्यु

अर्घाखाँचीको सन्धिखर्कमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ।  

सन्धिखर्क नगरपालिका–११ को माटेमा बाँगी–खोलामा निर्माणाधिंन अवस्थामा रहेको पक्की पुलको नजिकै जम्मा भएको पानीमा डुब्दा रामपतका कुल बहादुर कुमालको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी गणेश खनालले जानकारी दिए।  

४९ वर्षीय कुलबहादुर माटेमा रहेको आफ्नो खेतमा धानको बिऊ राख्ने काम सकेर घर फर्कदै गर्दा एक्कासी लड्न पुग्दा पानीमा डुबेर घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।

प्रकाशित: २६ जेष्ठ २०७८ १२:०३ बुधबार

नेपाली कांग्रेस कांग्रेस सभापति शेरबहादुर देउवा