कोरोना संक्रमणका कारण पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्प बरुवालको निधन भएको छ । न्युयोर्क भएका बेला उनलाई उतै कोरोना संक्रमण भएको थियो । उपचारको क्रममा बरुवालको निधन भएको उनको परिवारले पुष्टी गरेको छ ।
अमेरिका बस्दै आएका उनका परिवारलाई भेट्न तथा छोराको ब्रतवन्ध कार्यमा सहभागी हुन बरुवाल अमेरिका पुगेका थिए । उनी ताहचल क्याम्पसका सह प्राध्यापक समेत रहेका थिए ।
प्रकाशित: २५ जेष्ठ २०७८ ०५:२१ मंगलबार