समाज

अर्घाखाँचीमा करेन्ट लागेर एकको मृत्यु

अर्घाखाँचीको शितगंगामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

शितगंगा नगरपालिका वडा नम्बर–१२, पिरापानीका ४७ वर्षीय विष्णु गैरेको करेन्ट लागेर उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिए।  

आफ्नै घरमा रहेको कुटानी–पिसानी मिल सरसफाई गर्ने क्रममा करेन्ट लागेर घाइते भएका गैरेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। 

प्रकाशित: २३ जेष्ठ २०७८ ११:०४ आइतबार

अर्घाखाँची अस्पताल जिल्ला प्रहरी कार्यालय