समाज

मोटरसाईकल चोरीमा संलग्न दुई युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय खोटाङले मोटरसाईकल चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका सुबोध श्रेष्ठको बा ७२ प ४९६९ नम्बरको मोटरसाईकल चोरीमा संलग्न भएको अभियोगमा प्रहरीले केपिलासगढी गाउँपालिका–३ बाँसपानीका २२ वर्षीय सरोज बिक र जुम्लाको गुठीचौंर गाउँपालिका–५ का २० वर्षीय राजेश खत्रीलाई पक्राउ गरेको हो।

बिकलाई जेठ १८ गते र खत्रीलाई जेठ १९ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक अमरप्रसाद गजमेरले जानकारी दिए।  

बिश्वकर्मा र खत्रीमाथि जेठ १५ गते बुईपाकै पञ्चरदोबाटोबाट मोटरसाईकल चोरी गरेको अभियोग छ। मोटरसाईकलसहित पक्राउ परेका दुबै जनाविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी आवयक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २० जेष्ठ २०७८ ०९:२७ बिहीबार

जिल्ला प्रहरी कार्यालय मोटरसाईकल दुर्घटना