समाज

पौडी खेल्दा बेपत्ता भएका युवक मृत भेटिए

पौडी खेल्ने क्रममा बेपत्ता भएका ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेका १९ वर्षीय दिनेश चौहानको शव फेला परेको छ। 

काबेली खोलामा पौडी खेल्ने क्रममा बेपत्ता उनको शव बिहान ७ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) बालनरसिंह राणाले बेपत्ता युवकको शव फेला परेको बताए।  

मंगलवार पौडी खेल्ने क्रममा सिरिजङ्घा गाउँपालिका वडा नं २ आम्बेगुदिन र सिदिङ्वा गाउँपालिका ६ मेहेले जोड्ने काबेली खोलास्थित निर्माणाधिन पुल नजिकबाट बेपत्ता भएका थिए। 

प्रकाशित: १९ जेष्ठ २०७८ ०५:११ बुधबार

पौडी खेल्दा बेपत्ता युवक मृत भेटिए