समाज

नागरिक सहकर्मी सिंहलाई मातृशोक

नागरिक सहकर्मी अरविन्द्रमान सिंहलाई मातृशोक परेको छ। केही दिनअघि कोरोना भाइरसको संक्रमण देखिएपछि काठमाडौंको ट्रमा सेन्टर र पछि गोंगबुको विनायक अस्पतालमा उपचारका क्रममा सिंहकी माता इन्द्रमाया सिंहको शनिबार निधन भएको हो।  

६६ वर्षिया इन्द्रमायाको शनिबार बिहान साढे दस बजे संक्रमणका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ। इन्द्रमायाका श्रीमान् र अरविन्द्रमानसहित दुई छोरा छन्। अरविन्द्रमान सिंह नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं शाखाको अध्यक्षको जिम्मेवारीमा पनि छन्। 

प्रकाशित: १७ जेष्ठ २०७८ ०२:२७ सोमबार

नागरिक सहकर्मी सिंहलाई मातृशोक