समाज

ताप्लेजुङमा बढ्यो जेठ २४ सम्म निषेधाज्ञा

ताप्लेजुङको फुङलिङमा निषेधाज्ञाको अवधि २४ जेठसम्मका लागि बढेको छ। जिल्ला प्रशासन कार्यालयले चौथो पटक निषेधाज्ञाको अवधि थप गर्दै २४ जेठसम्मका लागि निषेधाज्ञा थप भएको जनाएको हो।  

तेस्रो पटक थपिएको निषेधाज्ञाको अवधि १७ जेठमा सकिँदै छ। आइतबार बसेको जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले निषेधाज्ञा थप ७ दिनका लागि थप गरिएको जानकारी दिए।

प्रकाशित: १६ जेष्ठ २०७८ १२:४८ आइतबार

निषेधाज्ञा ताप्लेजुङ