समाज

कर्मचारीको मासिक तलवमा २ हजारले वृद्धि

सरकारले निजामती कर्मचारीको मासिक तलवमा २ हजारले वृद्धि गरेको छ । सरकारले आज अध्यादेशमार्फत् आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट  सार्वजनिक गर्दे अर्थमन्त्री विष्णु पौडेलले आगामी साउनदेखि मासिक तलवमा २ हजार रुपैया वृद्धि गरेको जानकारी दिएका हुन् । मंहगी भत्तालाई भने निरन्तरता दिइएको उनले बताए ।  

कोभिड व्यवस्थापनका कारण तलबमान अपेक्षित बढाउन नसकेको जनाउदै थोरै भएपनि मासिक तलबमा वृद्धि गरिएको  पौडेलले जानकारी गराए । त्यस्तै कर्मचारीको लागि १० लाख मूल्यको दुर्घटना विमा र १ लाख मूल्यको स्वास्थ्य बिमा बापतको प्रिमियम रकम सरकारले उपलव्ध गराउन उनले जानकारी दिए ।  

प्रकाशित: १५ जेष्ठ २०७८ १२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App