समाज

रौतहटमा अर्को पत्रकारिता पुरस्कार स्थापनाको घोषणा

रौतहटमा एकपछि अर्को पत्रकारिता पुरस्कार स्थापनाको घोषणा भइरहेको छ। गत वैशाख २८ मा दिवंगत सञ्चार उद्यमी रामा यादवको नाममा पत्रकारिता पुरस्कारको घोषणा गरिएको हो।

नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्व उपाध्यक्ष तथा रेड टेलिभिजनका सञ्चालक जयप्रकाश यादवले आफ्नी पत्नी दिवंगत सञ्चार उद्यमी रामा यादवको स्मृतिमा हरेक वर्ष एकजना सञ्चारकर्मीलाई प्रदान गर्ने गरी रामा यादव स्मृति पत्रकारिता पुरस्कारको घोषणा गरेका छन्। पुरस्कारको राशी २६ हजार एक रुपैयाँ हुने यादवले जानकारी दिएका छन्।

यसै हप्ता नेपाल पत्रकार महासंघ रौतहट शाखाले वैशाख २९ मा दिवंगत भएका पत्रकार मनोज चौधरीको स्मृतिमा २५ हजार रुपैयाँ राशीको मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार स्थापनाको घोषणा गरेको थियो।

रौतहटका अर्का पत्रकार सन्तोष पौडेलले आफ्ना पिताको स्मृतिमा पनि पत्रकारिता पुरस्कार स्थापना गरेका छन्। एउटा पनि पुरस्कार नभएको रौतहटमा केही महिनामै तीनवटा पत्रकारिता पुरस्कार स्थापना भएका छन्।

प्रकाशित: १५ जेष्ठ २०७८ १२:३६ शनिबार

पत्रकारिता पुरस्कार रेडियो तथा टेलिभिजन