समाज

गणतन्त्र दिवसमा ताप्लेजुङ कारागारबाट ६ जनाले पाए कैद मिनाहा

गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङ कारागारका ६ जना कैदीबन्दीले बाँकी सजाय माफी पाएका छन्। कैद मिनाह पाउनेमा ज्यान मार्ने उद्योग, गौवध हत्या, कर्तव्य ज्यान, सवारी ज्यान मुद्दा र बालबिवाह लगायतमा सजाय भएका कैदी छन्। 

जिल्ला कारागार शाखा ताप्लेजुङका प्रमुख(जेलर)कुलेन्द्र खवासका अनुसार मेरिङ्देन वडा नं ४ लिङ्तेपका डिल्ली लङ्वा, फुङ्लिङ नगरपालिका वडा नं ३ का प्रदीप न्यौपाने, फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाका मनकुमार रेग्मी, मिक्वाखोला गाउँपालिका वडा नं ३ लिवाङका साजन शेर्पा र मैवाखोला गाउँपालिका वडा नं ४ साँवाका कुमार लिम्बू र मनकुमार लिम्बूले बाँकी सजाय मिनाह पाएका छन्।

प्रकाशित: १५ जेष्ठ २०७८ ०४:४६ शनिबार

गणतन्त्र दिवस कैद मिनाहा