समाज

एकैदिन ६६ संक्रमितः एघार सय बढीमा संक्रमण

रोल्पा सदरमुकाम । तस्बिरः दिनेश/नागरिक

रोल्पामा पछिल्लो २४ घण्टामा ६६ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ३७ पुगेको छ। आजसम्म जम्मा संक्रमित संख्या १ हजार १ सय ५२ रहेको छ।  

दोस्रो चरणको संक्रमण सुरु भए यता रोल्पामा ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। यो बाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढीको समेत मृत्यु भईसकेको छ।  

जिल्ला प्रशासन कार्यालय रोल्पाको तथ्याङ्क अनुसार अहिले सम्म ३ सय ३८ जनाले कोरोना जितेका छन्। पिसिआर र एन्टिजेन किट अभावमा जिल्लामा चाहेजति परीक्षण हुन सकेको छैन।

प्रकाशित: १४ जेष्ठ २०७८ १३:०६ शुक्रबार

रोल्पा सदरमुकाम कोरोना संक्रमित