समाज

बर्दियामा फेरि बाघको आक्रमण, एक जना गम्भीर घाइते

बाघको आक्रमणबाट बुधबार एक जना गम्भीर घाइते भएका छन्। मधुवननगरपालिका–१ ईन्द्रपुरका ७४ वर्षीय लालबहादुर थारु गम्भीर घाइते भएका छन्। औराही स्थित सामुदायिक वनमा बाख्रा चराई रहेको अवस्थामा पाटे बाघले आक्रमण गरेको हो। थारुको अनुहार चिथोरिएर छ। दाहिने खुट्टाको साप्रामा गहिरो घाउ भएको छ।  

प्रहरीका अनुसार घाइते थारुले आफ्नै साथमा रहेको खुर्पाले बाघलाई प्रहार गरेपछि चोट लागेर बाघ जंगलतर्फ भागेको थियो। घाइते थारुको जिल्ला अस्पताल बर्दियमा उपचार भैईरहेको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए।

प्रकाशित: १३ जेष्ठ २०७८ ०८:५९ बिहीबार

बाघको आक्रमण