समाज

कोरोनाबाट वडाध्यक्षको निधन

कोरोना भाइसरको संक्रमण भई उपचार गराई रहेका हिलिहाङ–४ का वडा अध्यक्ष श्रीप्रसाद सिगुको निधन भएको छ। झापामा रहेको बिएण्डसि अस्पतालमा उपचार गराइरहेको सिगुको निधन भएको हो।  

वैशाख २९ गतेदेखि बिएण्डसि अस्पतालमा उनको उपचार भइरहेको थियो। ३६ वर्षीय सिगु कोरोना संक्रमण भएपछि वैशाख २७ गते अस्थायी कोभिड अस्पतालमा पाँचथरमा उपचारका लागि भर्ना भएका थिए।

प्रकाशित: १३ जेष्ठ २०७८ ०७:४७ बिहीबार

कोरोना भाइसरको संक्रमण