सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ। काठमाडाैँ निदान अस्पतालमा उपचारका क्रममा रहेका मल्लको कोरानाको संक्रमणले बिहिवार बिहान २ बजेतिर निधन भएको उनका पुर्व स्वकिय सचिव धन सिंह क्षेत्रीले बताएका छन्।
निमोनियाको समस्यावाट ग्रसित मल्ल ज्वरोको लक्षण देखिएपछि एक साता अघि निदान अस्पतालमा उपचारार्थ भर्ना भएका थिए। उनको स्वाव जाँच गर्दा कोराना संक्रमण देखिएको क्षेत्रीले बताए।
कैलाली भजनी नगरपालिका १ मा जन्मेका मल्ल पुराना राजनितिज्ञ हुन्। उनी पुर्व राष्ट्रिय पंचायतका सदस्य भएका थिए। २०७४ माघ ५ गते तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त गरेका थिए । २०७६ असोज १८ गते पद मुक्त भएका थिए।
प्रकाशित: १३ जेष्ठ २०७८ ०४:१३ बिहीबार