समाज

आमासहित छोराछोरी झुण्डिएको अवस्थामा मृत भेटिए

प्युठानमा एकाघरका आमासहित छोराछोरी मृत अवस्थामा जङ्गलमा भेटिएका छन्। प्युठान नगरपालिका–२  चितिखोलाका २६ वर्षीया गायत्री सुनार, उनीका दुई वर्षीय छोरा र पाँच वर्षीया छोरी आज मृत भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार प्युठान नगरपालिका–१ स्थित चेरनेटा नजिकका जङ्गलमा झुण्डिएका अवस्थामा तीनैजनालाई फेला परेको हो।  

सोमबार साँझ स्वर्गद्वारी नगरपालिका–८ स्थित हदचौरमा माइतीजान भनेर घरबाट गायत्री निस्केको उनका ससुरा गिरबहादुर सुनारले बताए। उनले छोरा रोजगारीका लागि भारतमा रहेको जानकारी दिए। ती शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल राखिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गैरेले जानकारी दिए। रासस

प्रकाशित: ११ जेष्ठ २०७८ १४:१७ मंगलबार

आमासहित छोराछोरी मृत जङ्गल