रोल्पामा पछिल्लो २४ घण्टामा ५५ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा संक्रमितको संख्या ८ सय १ पुगेको छ। दोस्रो चरणको संक्रमण सुरु भए यता रोल्पामा ११ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। यो बाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढीको समेत मृत्यु भईसकेको छ।
जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्याङ्क अनुसार अहिले सम्म १ सय २ जनाले कोरोना जितेका छन्। यसैबीच रोल्पा अस्पतालमा अक्सिजन लगायत बिभिन्न स्वास्थ्य सामग्रीको अभावका खबरहरु बाहिर आएपछि स्थानीय युवाहरुको पहलमा अक्सिजन ल्याउन थालिएपछि नेतृत्व स्तरले पनि सहयोग सुरु गरेको छ।
प्रकाशित: ११ जेष्ठ २०७८ १३:०६ मंगलबार