समाज

कपिलवस्तुमा थप एक साता निषेधाज्ञा

कोरोना संक्रमितको संख्या बढेपछि कपिलवस्तुमा एक साताका लागि निषेधाज्ञा थपिएको छ।

कपिलवस्तुमा जेठ ११ गतेदेखि १७ सम्मका लागि निषेधाज्ञा थपिएको हो। जिल्लामा गत बैशाख २१ देखि निषेधाज्ञा जारी छ। आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना व्यवस्थापन समितिले गरेको सिफारिसका आधारमा जिल्ला सुरक्षा समितिले सो निर्णय गरेका हो।

प्रजिअ चक्रपाणी पाण्डेयले कोरोना भाइरसको शृङ्खला तोड्का लागि पुनः एक साता निषेधाज्ञा थपिएको बताए। निषेधाज्ञामा अत्यावश्यकीय सेवामा भने रोक नलगाइएको प्रजिअ पाण्डेयले बताए।

खाद्यान्न तथा अन्य सरसामान किनमेलका लागि भनै दैनिक बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म समय तोकिएको छ। निजी र सार्वजनिक सवारी साधन चलाउन, सभा सम्मेलन गोष्ठी हाटेल तथा रेस्टुरेन्टलगायत संचालन गर्न रोक लगाइएको छ।

बिहान ९ बजेदेखि दिउँसो १ बजे सम्मका लागि किनमेलको दिइएको समयमा अब प्रशासन कार्यालयले जारी गरेको पासबिना सवारी साधनसमेत चलाउन नपाउन निर्णय भएको प्रजिअ पाण्डेयले बताए। 

प्रकाशित: ९ जेष्ठ २०७८ १३:३७ आइतबार

कोरोना संक्रमण जिल्ला प्रशासन कार्यालय