समाज

रोल्पा नगरले गर्‍यो वडा शिल

रोल्पा नगरपालिकाले वडा न. ७ माडिचौरलाई एक साताको लागि शिल गरेको छ। केही दिन यता गाउँभरि कोरोना लक्षण मिल्ने खालका बिरामी बढेपछि वडा शिल गरिएको हो। आइतबारदेखि एक हप्तासम्म सो वडामा रहेका बैंक, सरकारी कार्यालय, ब्यवसाय पूर्ण रुपमा बन्द हुने छन्।  

नगर प्रमुख पुर्ण केसिका अनुसार केही दिन यता सो वडामा दुई दर्जन बढीमा संक्रमण देखिए पछि शिल गरिएको हो। ‘गाउँमा धेरै जना बिरामी देखिएपछि शनिबार ९८ जनाको पिसिआर जाँचका लागि स्वाब संकलन गरेर बुटबल पठाइएको छ।’ नगर प्रमुख केसिले भने, ‘महामारी नफैलियोस भनेर यो निर्णय भएको हो।’

प्रकाशित: ९ जेष्ठ २०७८ १३:१३ आइतबार

रोल्पा नगर