समाज

२४ घण्टामा १ सय ९० जनाको मृत्यु, ८ हजार ३०५ लाई संक्रमण

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १ सय ९० जनाको मृत्यु भएको छ। योसँगै हालस्म्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ८४७ पुगेको छ।  

यस्तै, ८ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भने ६ हजार ५४३ जना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८३०५ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै हालसम्म ४ लाख ८८ हजार ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भने ३ लाख ६६ हजार ९४६ जना संक्रमणमुक्त भएका छन्।

त्यसैगरि संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ। उनीहरुमध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा छन्।

प्रकाशित: ६ जेष्ठ २०७८ १२:०९ बिहीबार

कोरोना संक्रमण