समाज

दाउन्नेकाे भिरबाट बस खस्योः चारको मृत्यु, ४७ जना घाइते

नवलपरासीको दाउन्नेमा आज बिहान भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको छ। मृतकमध्ये अहिले सम्म एक जनाको मात्रै सनाखत भएको छ। मृतकमा पश्चिम रुकुमको त्रिवेणी गाँउपालिका की २७ वर्षीया कल्पना पुनको सनाखत भएको ट्राफिक प्रहरी भुमहीका प्रहरी निरीक्षक बाशु नेपालले जानकारी दिए। मृतक एक जनाको शव बसले च्यापेको अवस्थामा रहेकाले निकाल्न नसकीएको प्रहरी निरीक्षक नेपालले बताए।

दुर्घटनामा चालकसहित ४८ जना घाइते भएका छन्। घाइतेहरुको अहिले नवलपरासीको चिसापानी अस्पालमा उपचार भइरहेको छ। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक नेपालले जानकारी दिए।

काठमाडौंको बालाजुबाट गएराती पश्चिम रुकुमका लागि  छुटेको ना ५ ख २७१३ नम्बरको बस आज बिहान ६ बजेतीर नवलपरासीको दाउन्ने स्थित खर्साङ खोला नजिकै दुर्घटना भएको हो। बस सडकबाट २ सय मिटर तल भिरमा खसेको छ। यात्रुले खचाखच भएको बसको गती तीव्र भएका कारण दुर्घटना भएको प्रारम्भिक चरणमा देखिएको प्रहरीले जनाएको छ। बसमा सवार यात्रुहरुमध्ये अधिकाँस कोरोना कहरका कारण काठमाडौ लगायतका आसपासका स्थानबाट पश्चिम रुकुमसहितका अन्य जिल्लामा घर फर्कनेहरु रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ जेष्ठ २०७८ ०४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App