समाज

रोल्पामा कोरोनाः १९ संक्रमित थपिँदा एकको मृत्यु

रोल्पा सदरमुकाम । तस्बिर : दिनेश/नागरिक

रोल्पामा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा संक्रमितको संख्या ४ सय ७८ पुगेको छ । यसैगरि गत २४ घण्टामा एक जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यो संगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । त्रिबेणी गाउँपालिका ७ का ७० वर्षीय पुरुषको मंगलवार दिउँसो मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालय रोल्पाको तथ्याङ्क अनुसार अहिले सम्म ३६ जनाले कोरोना जितेका छन् । स्थानीय प्रशासनले जेठ १५ सम्म घोषणा गरेको निषेधाज्ञा १५ दिन थपेर जेठ २० गते सम्म पुराएको छ ।  

यसैबीच जिल्लाको एकमात्र अस्पताल रोल्पा अस्पतालमा अक्सिजन अभाव यथावत छ । एक नगरपालिकासहित १० स्थानीय तहमा ७२ वडा रहेको रोल्पामा कोरोना महामारीसंग जुध्नका लागि गतिलो योजना बनेको छैन भने स्वास्थ्य संस्थामा पर्याप्त जनशक्ति र भौतिक सुबिधा समेत छैन ।

प्रकाशित: ४ जेष्ठ २०७८ १२:२६ मंगलबार

रोल्पामा कोरोना