समाज

वीपी प्रतिष्ठानमा दुई संक्रमित महिलाको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज थप २ जना कोरोना संक्रमित महिलाको निधन भएको छ। प्रतिष्ठानका अनुसार उदयपुर र सप्तरी जिल्लाको दुई जना संक्रमित महिलाको उपचारको क्रममा बिहान कोभिड अस्पतालमा निधन भएको हो।  

सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार बिहान साढे ६ बजे त्रियुगा नगरपालिका ३, उदयपुरका ५० वर्षीया महिलाको निधन भएको हो। मृतकलाई उच्च रक्तचाप र मधुमेहको पनि समस्या थियो। उनलाई वैशाख २७ गते संक्रमण पुष्टि भएपछि २८ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

यसैगरि, सुरुङ्गा १, सप्तरीकी ७० वर्षीया संक्रमित वृद्धाको पनि बिहान ७ बजेर ४५ मिनेटमा निधन भएको प्रतिष्ठानले जानकारी दिएको छ। उनलाई उच्चरक्तचाप र मधुमेहको समस्या रहेको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए। उनलाई वैशाख ३१ गते संक्रमण पुष्टि भएको थियो भने जेठ १ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो। दुवैको शवलाई नियम अनुसार व्यवस्थापन गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रकाशित: ३ जेष्ठ २०७८ १०:३० सोमबार

वीपी प्रतिष्ठान संक्रमित महिलाको निधन