समाज

२४ घन्टामा १ सय ४५ काे मृत्यु, ७ हजार ३६८ लाई संक्रमण

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १ सय ४५ जनाको मृत्यु भएको छ। यस्तै, ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको छ। १९ हजार पाँच सय ३९ पिसिआर परीक्षणमा सात हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ जना रहेको छ। यस्तै, सात हजार ८०८ जना संस्थागत आइसोलेसनमा र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २ जेष्ठ २०७८ ११:११ आइतबार

कोरोना भाइरस संक्रमण