समाज

बन्चरो प्रहार गरी बावुको हत्या

डुंगेश्वर गाउँपालिका –६ का २१ वर्षीय विकास बुढाले शुक्रबार बुवाको हत्या गरेका छन्।

४७ वर्षीय बुवा नहकुल बुढालाई छोरा विकासले बञ्चरो प्रहार गरेर हत्या गरेका हुन्।

बुवाले आमालाई ढुंगाले हानेर चोट लागेको देखेपछि आक्रोशित हुँदै छोराले बुवालाई बञ्चरोले हानेको स्थानीय बताउँछन्। छोराको प्रहारबाट घाईते नहकुल बुढाको स्थानीय मेडिकलमा उपचार हुँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रजित सुनारले बताए।

बुवाले प्रहार गरेको ढुंगा लागेर आमा पनि घाइते रहेकी छिन्। अहिले बुवालाई हत्या गर्ने छोरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।  

 

प्रकाशित: ३१ वैशाख २०७८ १३:४८ शुक्रबार

बुवाको हत्या प्रहरी नियन्त्रणमा