समाज

प्रदेश १ मा शुक्रबार सार्वजनिक बिदा

विराटनगर। प्रदेश १ मा शुक्रबार सार्वजनिक बिदा दिइएको छ।

वैशाख ३१ गते शुक्रबार  मुस्लिम धर्मावलम्बीहरूको चाड इदुलफित्र परेकाले प्रदेश १ मा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बिहीबार सूचना प्रकाशित गरी शुक्रबार प्रदेश भरीका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय गरेको जानकारी दिएको हो।

प्रकाशित: ३० वैशाख २०७८ १२:४१ बिहीबार

सार्वजनिक बिदा इदुलफित्र